कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १२ बर्षपछि पक्राउ

Posted on: April 04, 2021 | views: 159 सुशासन संवाददाता

कैलाली, चैत २२ । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त गोदावरी नगरपालिका-६ खैराना बस्ने ३८ बर्षीय राम प्रसाद चौधरीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

२०६५ जेठ २४ गते राम प्रसादको खेतमा रहेको फलफुल आरु खान गएका सोही ठाउँ बस्ने ६ वर्षीय लक्ष्मण चौधरी समेतका ५/६ जना केटाकेटीहरुलाई राम प्रसादले कुटपिट गर्दा लक्ष्मणको मृत्यु भएको घटनामा संलग्न रही फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सोही नगरपालिका-७ मगरटोलबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


Share your thoughts!