प्रहरीद्वारा कटुवा पेस्तोल र दुई राउन्ड गोली बरामद

Posted on: March 29, 2021 | views: 142 सुशासन संवाददाता

सिरहा, चैत १६ । गोलबजार नगरपालिका-७ पुरानो चोहर्बामा भएको सवारी दुर्घटनास्थलबाट १ थान कटुवा पेस्तोल र ७.६२ एमएमको २ राउन्ड गोली आइतबार बेलुकी बरामद भएको छ ।

उक्त ठाउँमा ना.३ ख ४७७४ नम्बरको ट्रकले प्रदेश नम्बर २-०१-००२ प ५४०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कर्जन्हा नगरपालिका-४ बस्ने २६ वर्षीय मुकेश दास गम्भीर घाइते भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले दुर्घटनास्थलबाट उक्त पेस्तोल र घाइते मुकेशको पाइन्टको खल्तीबाट गोली बरामद गरेको हो ।

गम्भीर घाइते भएका मुकेशलाई स्थानीय सगरमाथा अस्पताल चोहर्बा हुँदै थप उपचारको लागि विराट नर्सिङहोम विराटनगर लगिएको छ ।

हाल फरार रहेका मोटरसाइकलमा सवार कर्जन्हा नगरपालिका-४ बस्ने १९ वर्षीय अमृत यादव र ट्रक चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


Share your thoughts!