२ लाख ५० हजार भारतीय नोटसहित एक पक्राउ

Posted on: March 01, 2021 | views: 226 सुशासन संवाददाता

सिरहा, फागुन १७ । सिरहामा अवैध रुपमा ल्याएको भारतीय नोटसहित एक जना पक्राउ परेका छन् ।

सिरहा नगरपालिका-१६ स्थितबाट अवैध रुपमा ल्याएको २ हजार दरको ३ थान र ५ सय दरको ४ सय ८८ थान नोट गरी जम्मा २ लाख ५० हजार भारतीय रुपैयाँसहित भारत सहरसा ग्राम किसनपुर पञ्चायत-२ बस्ने ६० वर्षीय चतुरी यादवलाई आइतवार साँझ प्रहरीले पक्राउ गरेको छ ।

बीआर ०६एएन ०३५७ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलको डिकीमा लुकाई राखेको उक्त भारतीय रुपैयाँ फेला पारी उनीलाई पक्राउ गरेको हो ।

यादवलाई बरामद भारतीय रुपैयाँ सहित आवश्यक कारवाहीको लागी भन्सार कार्यालय माडर सिरहामा बुझाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।


Share your thoughts!