७ लाख रुपैयाँसहित दुई भारतीय पक्राउ

Posted on: February 28, 2021 | views: 198 सुशासन संवाददाता

पर्सा, फागुन १६ । वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट अवैध हुण्डी कारोबारको ७ लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा भारत पूर्वी चम्पारण मोतिहारी थाना रक्सौल-२५ बस्ने ४० वर्षीय संजय कुमार गुप्ता र सोही ठाउँ बस्ने ३७ वर्षीय बिनोद कुमार रहेका छन् ।

भारतको रक्सौलबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ एडी ६८६९ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद फेला पारी मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरु उपर वैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ विपरीतको कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


Share your thoughts!