मकवानपुरमा प्रहरीमाथि आक्रमण

Posted on: February 21, 2021 | views: 276 सुशासन संवाददाता

मकवानपुर, फागुन ९ । मकवानपुरमा बरामद १८ क्विन्टल गाँजा जलाएर फर्किइरहेको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले उक्त गाँजा जलाएर नष्ट गरेको हो ।

गाँजा नष्ट गरी कार्यालय फर्कने क्रममा राक्सिराङ गाउँपालिका कुपिनटारस्थित सडकमा स्थानीयहरूले आक्रमण गरी प्रहरीको गाडीहरू र प्रहरीहरूलाई समेत हातपात गरेपछि प्रहरीले दुई राउण्ड हवाई फायर समेत गरी स्थितिलाई नियन्त्रणमा लिएको थियो ।

सडक अवरोध गरी प्रहरीलाई हातपात गर्नेमध्ये सोही गाउँपालिका-१ बस्ने ४० वर्षीय कान्छालाला रुम्वालाई नियन्त्रणमा लिएको छ ।

साथै सोही गाउँपालिका कुपिनटारस्थित बारीमा रहेको अवैध लागूऔषध १५ केजी गाँजा र १४ केजी गाँजाको भाँङ समेत प्रहरीले बरामद गरेको छ ।

Share your thoughts!