मालापोत कार्यालय बाराका प्रमुख ६ लाख घुससहित पक्राउ

Posted on: February 20, 2021 | views: 138 सुशासन संवाददाता

काठमाडौं, फागुन ८ । जिल्ला मालपोत कार्यालय बाराका कार्यालय प्रमुख नायब सुब्बा (नासु) मनोज कुमार खनाल र लेखापढी व्यवसायी बद्री प्रसाद बडाल ६ लाख घुससहित पक्राउ परेका छन् ।

नासु खनाल र लेखापढी व्यवसायी बडालले ‘सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ’ भनी सर्जमिन मुचुल्का गरी सिफारिस पठाई फुकुवा गर्ने प्रक्रिया मिलाई फास्ट ट्रयाकबाट पास गराईदिने र उक्त काम गरिदिए वापत सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोली शुक्रबार पक्राउ गरेको हो ।

अख्तियारका अनुसार उनीहरुले सेवाग्राहीबाट ६ लाख रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा उक्त रकमसहित दुवै जनालाई शुक्रबार जितपुर सिमरा उपमहानगरपालिका-२२, स्थित जर्गा होटलबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।


Share your thoughts!