काठमाडौं, फागुन ५ । बैतडी दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न आरोपितलाई प्रहरीले सार्वजनीक गरेको छ ।
भागरथीनै अध्ययनरत सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत दिनेश भट्टको उक्त प्रकरणमा संलग्नता पुष्टि भएपछि उनलाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले जिल्ला प्रहरी कार्यालय, बैतडीमा आयोजित पत्रकार सम्मेलन गर्दै प्रहरीले आरोपी त्यस क्षेत्रमा गएको देख्ने मानिस, लोकेसन ट्र्याक र स्वीकारी बयानका आधारमा दिनेशलाई पक्राउ गरि सार्वजनिक गरिएको बताए ।
दिनेशविरुद्ध ज्यान मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान हुने सुवेदीले बताए । साथै दिनेशविरुद्ध भागरथीका दाइले किटानी जाहेरीसमेत दिएको उनले जानकारी दिए ।