बाँके, फागुन ३ । बहुबिवाह मुद्दाका फरार अभियुक्त कोहलपुर नगरपालिका-४ निबुवा बस्ने ३४ वर्षीय जय बहादुर गिरी र सोही ठाउँ बस्ने ३३ वर्षीया छायाँ गिरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत बाँकेको २०६८ कात्तिक ३० गतेको फैसलाले बहुविवाह मुद्दामा २ वर्ष कैद सजय ठहर भई फरार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
दुबै जनालाई जिल्ला अदालत बाँकेमा बुझाइएको उक्त कार्यालयले जनाएको छ ।