लागूऔषधसहित दुई जना पक्राउ

Posted on: January 26, 2021 | views: 192 सुशासन संवाददाता

झापा, माघ १३ । झापाको शिबसताक्षी-११ स्थित राजमार्गमाबाट प्रतिबन्धित लागूऔषधसहित दुई जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा दमक-८ का २५ बर्षीय सत बहादुर देवान र सोही स्थानका ३२ बर्षीय दिलिप महत रहेका छन ।

टेम्पोमा सवार गरी आएका उनिहरुलाई सोमबार राति ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा पश्चात उनिहरु उपर चेकजाँच गर्दा डाईजेपाम-५८ एम्पुल, बुफ्रेनोर्फिन -५७ एम्पुल र प्रोमेथोजाईन-५८ एम्पुल लागूऔषध फेला पारी बरामद गरिएको हो ।

पक्राउ परेका दुबै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाइएको ईलाका प्रहरी कार्यालय झिलझिले ले जनाएको छ ।

Share your thoughts!