विष्फोटक पदार्थसहित २ जना पक्राउ

Posted on: January 04, 2021 | views: 216 सुशासन संवाददाता

कालिकोट, पुस २० । जिल्ला प्रहरी कार्यालय कालिकोटले विष्फोटक पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नरहरिनाथ गाउँपालिका-९ लालुका ३६ वर्षीया दुर्गराज बोहोरा र जाजरकोट भेरीमालिका नगरपालिका-२ का ३२ वर्षीया पदमबहादुर पुन रहेका छन् । प्रहरीले उनीहरुलाई आज बिहान पक्राउ गरेको हो ।

अभियुक्त दुवै नेत्रविक्रम चन्द 'विप्लव' समूहका कार्यकर्ता भएको र उनीहरुबाट बन्दुक, प्रेसरकुकुर, डिटोनेटर २४ थान, पटके पाँच पाकेट, सकेट नौ थान, गन्धक एक केजी, सोडा आधा केजीलगायतका विष्फोटक सामग्रीसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


Share your thoughts!