सालकको खपेटासहित २ जना पक्राउ

Posted on: December 01, 2020 | views: 435 सुशासन संवाददाता

काठमाडौं, मंसिर १६ । काठमाडौं महानगरपालिका-२९ मैतीदेवी पेट्रोल पम्प नजिक बा.२ ज ६५७ नम्बरको ट्याक्सीबाट ४ सय ४५ ग्राम तौल भएको सालकको खपेटा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक सुनकोशी नगरपालिका-४ बस्ने ३२ वर्षीय राम मिजार र सोही ठाउँ बस्ने २७ वर्षीय नवराज मिजार रहेका छन् । 

उक्त ट्याक्सीमा अवैध रुपमा सालकको खपेटा ओसार पसार गरी किनबेच गर्न लागेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले उक्त ट्याक्सी जाँच गर्दा कालो झोलाभित्र प्लाष्टिकमा लुकाई राखेको उक्त खपेटा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 


Share your thoughts!