प्रहरी प्रवक्ताको जिम्मेवारी एसएसपी कुँवरलाई

Posted on: November 26, 2020 | views: 795 सुशासन संवाददाता

काठमाडौं, मंसिर ११ । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त बहादुर कुँवर नियुक्त भएका छन् ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुँवरलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यलयले बिहिबार जनाएको छ ।

प्रवक्ता कुँवरलाई मोबाइल नम्बर ९८५१२९२१११ र ईमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने छ ।


Share your thoughts!