४० लाख रुपैयाँसहित काठमाडौंबाट एक जना पक्राउ

Posted on: November 06, 2020 | views: 243 सुशासन संवाददाता

काठमाडौं, कार्तिक २१ । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट स्रोत नखुलेको नगद ४० लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नवलपरासी(पश्चिम) पाल्हीनन्दन गाउँपालिका-२ बस्ने ४० वर्षीय व्यास गुप्ता रहेका छन् ।

बुटवलबाट काठमाडौं आउँदै गरेको लु.१ ख ८६५२ नम्बरको यात्रुबाहक बस महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले जाँच गर्दा बसमा सवार गुप्तालाई झोला र कम्मरपेटीमा लुकाई ल्याएको १ हजार दरका ४ हजार थानमा रहेको उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।


Share your thoughts!