२९ लाख नगदसहित १० जुवाडे पक्राउ

Posted on: October 29, 2020 | views: 273 सुशासन संवाददाता

बाँके, कात्तिक १३ । नेपालगञ्जबाट जुवातास खेलिरहेको अवस्थामा १० जना जुवाडेलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नेपालगञ्ज उपमहानगरपालिका-४ बस्ने सन्तोष थापा, मेघनाथ कुचबन्दिया, नविन घिमिरे, टोप बहादुर शाही, पब्लु भण्डारी, तरुण गौतम, रविन राणा, सन्तोष वली, कृष्ण बहादुर सुवेदी र रहमान मिया रहेका छन् ।

सो ठाउँमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटीएको प्रहरीले उनीहरूलाई नगद २९ लाख ४८ हजार ७ सय रुपैयाँ र ८ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो ।


Share your thoughts!