पाँच जुवाडे पक्राउ

Posted on: October 28, 2020 | views: 251 सुशासन संवाददाता

कैलाली, कार्तिक १२ । गौरीगंगा नगरपालिका-६ स्थित कुखुराको फर्मभित्र तास खेलिरहेको अवस्थामा ५ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ६० वर्षीय भक्त बहादुर शाही, ३६ वर्षीय रंग साउँद, ४२ वर्षीय राम बहादुर साउँद, ४५ वर्षीय डम्बर शाही र ५२ वर्षीय वीर बहादुर साउँद रहेका छन् ।

गोप्य सूचनाको आधारमा सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालय समेतबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद २ लाख २३ हजार ५ सय रुपैयाँ र २ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो ।

Share your thoughts!