मापसे गरेर प्रहरीमाथि हातपात गर्ने एक जना पक्राउ

Posted on: October 14, 2020 | views: 138 सुशासन संवाददाता

भक्तपुर, असोज २८ । भक्तपुरमा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

भक्तपुर नगरपालिका-९ ब्रम्हायणीस्थित डिउटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गर्ने ललितपुर लामाटार बस्ने झापा अर्जुनधारा घर भएका ३६ वर्षीय बिक्रम लिम्बुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

लिम्बुले मादक पदार्थ सेवन गरी प्रहरीलाई हातपात समेत गरी अभद्र व्यवहार गरेपश्चात बा.८७ प ३९७२ नम्बरको मोटरसाइकल सहित उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।


Share your thoughts!