भन्सार छली ल्याएका कपडा वरामद

Posted on: October 12, 2020 | views: 102 रासस

चितवन, असोज २६ । जिल्ला प्रहरी कार्यालय चितवनले भन्सार छलिगरी ल्याएको रु ४ लाख ७५ हजार वराबरको अबैध कपडा सहित ट्रक नियन्त्रणमा लिएको छ ।

कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार लु२ख ३४० नम्बरको ट्रकमा भन्सार छलिगरी ल्याएको ९ सय ५० थान कुर्ता सलवार नियन्त्रणमा लिइएको हो ।

भरतपुर महानगरपालिका वडा नं ३ शहिदचोक नजिक चेकजाँचको क्रममा आइतबार सो ट्रक नियन्त्रणमा लिईएको हो ।

ती सामान सामान, ट्रक, ट्रक चालक नवलपरासी पश्चिम सरावल गाउँपालिका वडा नम्बर ३ का ३७ वर्षिय रामबहादुर चौधरी र ३५ वर्षीया मिना केसीलाई आबश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

Share your thoughts!