पटाकासहित अटो चालक पक्राउ

Posted on: October 10, 2020 | views: 128 सुशासन संवाददाता

झापा, असोज २४ । झापाको भद्रपुर-३ बाट पटाकासहित अटो चालक पक्राउ परेका छन ।

पक्राउ पर्नेमा भद्रपुर-४ का-४२ बर्षीय ढाक्रे राजबवंशी रहेका छन । विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले शुक्रबार साझँ मे१ह ३४१३ नम्बरको अटोलाई नियन्त्रणमा लिईएको थियो ।

अटोलाई नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा अटो भित्र लोट गरी लुकाई छिपाई राखिएको अवस्थामा ५८ बण्डल खुर्सानी पटाका फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बरामद गरिएको पटाका र अटो सहित चालक राजबवंशीलाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखी कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।

Share your thoughts!