पटाकासहित दुई जना पक्राउ

Posted on: October 09, 2020 | views: 112 सुशासन संवाददाता

सुनसरी, असोज २३ । सुनसरीको इटहरी उपमहानगरपालिका-५ स्थित राजमार्ग एरियाबाट दई जना पटाकासहित पक्राउ परेका छन ।

पक्राउ पर्नेमा सुनसरी श्रीपुरका १९ बर्षीय आलम मिया र सोही स्थानका २७ बर्षीय समिर मिया रहेका छन । विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाई बिहिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


राजमार्ग किनारमा पटाका बोरा तथा कार्टुनमा लुकाई छिपाई राखेर सप्लाईका लागी मौका छोपी बसिरहेको अवस्थामा उनिहरुलाई नियन्त्रणमा लिईएको थियो । नियन्त्रण संगै बोरा तथा कार्टुन खोलेर हेर्दा SRIVIJAI-COBRA-६७ बण्डल पटाका फेला पारी बरामद गरिएको हो ।

यसरी पटाकासहित पक्राउ परेका दुबै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


Share your thoughts!