बर्दी लगाएरै राष्ट्रिय अनुसन्धानको परीक्षा सञ्चालन गर्ने नक्कली इन्स्पेक्टर पक्राउ

Posted on: October 01, 2020 | views: 277 सुशासन संवाददाता

पर्सा, असोज १५ । राष्ट्रिय अनुसन्धान सहायक सूचकको नक्कली परीक्षा संचालन गरेको अभियोगमा बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने २९ वर्षीय अजय कुमार राय सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वीरगंज महानगरपालिका-५ कुमाल टोलस्थित देव पार्टी प्यालेसमा राष्ट्रिय अनुसन्धान सहायक सूचकको परीक्षा संचालन भईरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले रायले प्रहरी निरीक्षकको नक्कली पोसाक लगाई परीक्षा संचालन गरिरहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

साथै उक्त परीक्षामा पुरुष १९ र महिला २ गरी जम्मा २१ जना परीक्षार्थी उपस्थित रहेको प्रहरीले जनाएको छ ।

Share your thoughts!