ब्राउनसुगरसहित दुई पक्राउ

Posted on: September 16, 2020 | views: 99 सुशासन संवाददाता

झापा, भदौ ३१ । झापाको मेचीनगर नगरपालिका-१३ बाट नियन्त्रीत लागूऔषध ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले १२ ग्राम ब्राउनसुगरसहित मेचीनगर नगरपालिका-१५ का २९ बर्षीय श्रीमत सोरेन र बिर्तामोड नगरपालिका-५ का २७ बर्षीय पवन कुमार वसाकलाई मंगलबार राती पक्राउ गरेको हो ।

मे १ प ९९७२ नम्बरको मोटरसाईकल र मे ९ प ४९६१ नम्बरको स्कुटरमा सवार रहेका दुबै जनालाई चन्द्रगढी रोडमा रोकेर चेकजाँच गर्ने क्रममा उक्त परिणामको लागूऔषध बरामद भएको थियो ।

लागूऔषधसहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ ।


Share your thoughts!