बाँकेमा १० किलो अफिमसहित २ जना पक्राउ

Posted on: September 14, 2020 | views: 118 सुशासन संवाददाता

बाँके, भदौ २९ । राप्तीसोनारी गाउँपालिका-१ भौवाबाट १० किलो अवैध लागूऔषध अफिमसहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दाङको घोराही नगरपालिका-१५ बस्ने ५३ वर्षीय धन बहादुर सेन र सोही ठाउँ बस्ने २४ वर्षीय निशान घर्ती मगर रहेका छन् ।

उक्त स्थानमा अवैध रुपमा लागूऔषध अफिमको कारोबार भईरहेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको अफिमसहित फेलापारी पक्राउ गरेको हो ।


Share your thoughts!