न्युरोडको सहकारीबाट ५ करोड ६७ लाख ठगी गर्ने व्यक्ति पक्राउ

Posted on: September 09, 2020 | views: 190 सुशासन संवाददाता

काठमाडौं, भदौ २४ । सहकारी संस्थाको ५ करोड ६७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-२१ न्युरोडस्थित नौलो परिवेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ५ करोड ६७ लाख रुपैयाँ ठगी गरेको आरोपमा सोहि महानगरपालिका-३१ बस्ने ४४ वर्षीय राजकाजी खड्गी मंगलबार पक्राउ परेका छन् ।

उक्त सहकारीको प्रवन्धक पदमा ७ वर्षसम्म कार्यरत रहँदा हिसाव तथा सहकारीको बैंक खाता सञ्चालन समेतको सम्पूर्ण जिम्मा लिई हिसाबको विवरण नदेखाई रकम ठगी फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका-२३ धापाखेलबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको उक्त महाशाखाले जनाएको छ ।


Share your thoughts!