१६ जुवाडे पक्राउ

Posted on: September 08, 2020 | views: 97 सुशासन संवाददाता

चितवन, भदौ २३ । जिल्ला प्रहरी कार्यालय चितवनले जुवातास खेलिरहेको अवस्थामा १६ जना जुवाडेलाई पक्राउ गरेको छ ।

भरतपुर महानगरपालिका-१ पोखरा बसपार्कस्थित हरि जिसीको घरमा तास खेलिरहेका सोही नगरपालिका-२ बस्ने ४७ वर्षीय रोम बहादुर कोईराला लगायत १६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले नगद ४४ हजार र ३ बुक तास सहित उनीहरुलाई पक्राउ गरेको हो ।

Share your thoughts!