क्रिकेट र फुटबलमा पैसाको सट्टाबाजी गर्ने भारतीय नागरिक पक्राउ

Posted on: August 12, 2020 | views: 98 सुशासन संवाददाता

काठमाडौं, साउन २८। अवैध रुपमा विद्युतीय उपकरणका साधनहरु मोबाइल र ल्यापटप प्रयोग गरी क्रिकेट, फुटबल लगायतका विभिन्न खेलहरुमा पैसाको सट्टाबाजी गर्ने एक भारतीय नागरिकलाई कालीमाटी प्रहरीले पक्राउ गरेको छ ।

भारत राजस्थान घर भई काठमाडौं महानगरपालिका-१२ टेकु बस्ने ५० वर्षीय पवन कुमार डालमियाँलाई हिजो (मंगलबार) साँझ महानगरीय प्रहरी बृत्त कालीमाटीका प्रमुख डीएसपी रुगम कुँवर नेतृत्वको प्रहरी टोलिले पक्राउ गरेको हो । बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलिले डालमियाँलाई अनलाइन ग्याम्बलिङ गराउँदै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

उनको साथबाट १ थान ल्यापटप, ५ थान मोवाइल, १ लाख ४ हजार नेपाली रुपैयाँ, १९ हजार ३ सय भारतीय रुपैयाँ, ४ हजार २ सय ४० अफगानी मुद्रा, २ सय अमेरिकी डलर, विभिन्न डायरी तथा भौचर र १ थान क्यालकुलेटर समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको काठमाडौं प्रहरीका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

Share your thoughts!