डोटीमा बस दुर्घटना, ३ जनाको मृत्यु

Posted on: August 12, 2020 | views: 115 गणेश मौनी

डोटी, साउन २८ । डोटीको पूर्वीचौकी गाउँपालिका-१ खिरसैनमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

भारतबाट आएकाहरुलाई बोकेर कैलालीको धनगढीबाट अछामतर्फ गईरहेको ना ६ ख २५२९ नं. को बस बुधवार बिहान करीव ५.३० वजे तल्लो फुलोट भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा परि तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णवहादुर बोहराले जानकारी दिए । मृतकको सनाखत हुन सकेको छैन ।

बोहराका अनुसार दुर्घटनामा परि ३१ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल डोटी पठाईएको प्रहरी निरीक्षक बोहराले बताए । उनले घाइतेहरुमध्ये केहीको अवस्था गम्भिर रहेको समेत जानकारी दिए । उनले भने ‘घाईतेहरुको उद्दार गरि अस्पताल पठाएका छौं, केहीको अवस्था गम्भिर देखिएको छ ।’ स्थानीयवासीहरुले चालकको समेत मृत्यु भएको बताएपनि प्रहरी निरीक्षक बोहराले चालकको पनि सनाखत भई नसकेको बताए ।

घटनास्थलमा प्रहरी उपरीक्षक जनकराज पाण्डे नेतृत्वको प्रहरी टोली र स्थानीयवासीहरु उद्दारका लागि खटिएका छन् ।

Share your thoughts!