तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

Posted on: August 01, 2020 | views: 328 सुशासन संवाददाता

काठमाडौँ, साउन १७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको तुलसीपुर उपनगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णकान्त उपाध्यायलाई  पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उपाध्यायलाई १ लाख २४ हजार ७५० रुपैयाँ नगद र फिक्स डिपोजिट तथा बैंक डिपोजिटसहित १३ लाख २४ हजार ४६ गरी जम्मा १४ लाख ४८ हजार ७९६ रुपैयाँ बराबरको रकमसहित शुक्रबार साँझ पक्राउ हो ।

अख्तियारका अनुसार उपाध्यायले स्रोत नखुलेको अस्वाभाविक रकम साथमा लिएर हिँडेको भन्ने सूचनाको आधारमा उनि चढेको बा.२ झ.४०९९ नम्बरको सरकारी गाडीलाई काठमाडौंको नागढुंगामा रोकी चेकजाँच गर्दा निजको साथबाट उक्त रकम सहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ ।


Share your thoughts!