‘सुदूर काण्ड’ले काठमाडौं प्रहरी प्रमुख एसएसपी ज्ञवाली आलोचित

Posted on: July 27, 2020 | views: 704 सुशासन संवाददाता

काठमाडौं,  साउन १२ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) श्यामलाल ज्ञवाली आफ्ना कर्मचारीलाई क्षेत्रीय विभेदका हिसाबले व्यवाहार गरेको भनी आलोचित भएका छन् ।

परिसरभित्र रहेका सुदूरपश्चिम प्रदेशका प्रहरी कर्मचारीलाई ‘फटाहा’ भनी जिम्मेवारीबाट लखेट्ने, गाली गर्नेलगायतका काममा एसएसपी ज्ञवाली अगाडि रहेको गुनासो सतहमा आएको हो । प्रहरीको उच्च तहको जिम्मेवारीमा रहेका ज्ञवालीको क्षेत्रीयतावादी विभेदीकरणको संगठन भित्र र बाहिर पनि आलोचनासहितका चर्चा चलेका छन् । 

एक प्रहरी अधिकारी भन्छन्,‘संगठनमा त्यसरी विभेद गर्न हुन्न । त्यो सिकाएको हुँदैन । एउटा बरिष्ठ अधिकारीले नै त्यसो गर्नु उचित होइन।’ मातहतमा रहेका कतिपय कनिष्ठ कर्मचारी सुदूरपश्चिमकै भएका कारण ज्ञवालीको गाली खान बाध्य रहेको भन्ने गुनासो पनि सर्वत्र हुन थालेको छ ।

प्रहरी संगठनभित्र क्षेत्रीय विभेद गरेको बिषयमा काठमाडौं प्रहरी प्रमुख (एसएसपी) श्यामलाल ज्ञवालीले त्यसबारेमा आफुले कहिँ केही नबोलेको दावी गरे। 'यो कुरा पुरै गलत हो, अफवाह हो' उनले भने ।


Share your thoughts!