कर्तव्य ज्यान मुद्दामा ६ वर्षदेखि फरार प्रतिवादी पक्राउ

Posted on: July 19, 2020 | views: 128 सुशासन संवाददाता

धनुषा, साउन ४ । कर्तव्य ज्यान मुद्दामा ६ वर्ष देखि फरार रहेका प्रतिवादीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्सा वीरगंज महानगरपालिका-१९ गहवा टोल बस्ने भारत वेतिया पश्चिम चम्पारण घर भएका ४६ वर्षीय धर्मेन्द्र प्रसाद कलवार रहेका छन् ।

२०७१ बैशाख ९ गते बारा तत्कालिन विश्रामपुर गाविस-९ स्थित गहुँ खेतमा भारत रक्सौल घर भई पर्सा वीरगंज महानगरपालिका-१९ गहवा टोल बस्ने प्रमोद साहलाई धरिलो हतियार प्रहार गरी हत्या गरेको घटनामा संलग्न रहि फरार रहेका कलवारलाई २ नम्बर प्रदेश प्रहरी कार्यालय धनुषा जनकपुरधामबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका-१९ गहवा टोलमा लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

कलवारलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाइएको २ नम्बर प्रदेश प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


Share your thoughts!