दाङमा आफ्नै छोरालाई खुकुरी प्रहार गर्ने बाबु पक्राउ

Posted on: July 01, 2020 | views: 231 सुशासन संवाददाता

दाङ, असार १७ । आफ्नै २७ वर्षीय छोरालाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा दंगिशरण गाउँपालिका-५ नौबस्ता बस्ने ४६ वर्षीय खुसीराम चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

सामान्य घरायसी बिबादका कारण खुसीरामले छोरालाई खुकुरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घाइतेलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर हुँदै थप उपचारको लागि मेडिकल कलेज कोहलपुर लगिएको छ ।


Share your thoughts!