लागूऔषधसहित एक पक्राउ

Posted on: June 29, 2020 | views: 88 सुशासन संवाददाता

झापा, असार १५ । झापाको गौरादह-४ डोरामारीका ३४ बर्षीय सुमन भण्डारी प्रतिवन्धित लागूऔषध सहित पक्राउ परेका छन ।

आइतबार साझँ साढे ६ बजे कमलगाउँपालिका-५ लवडाँडा स्थित राजमार्गमा मे ५ प ७५९८ नम्बरको मोटरसाईकलमा आएका भण्डारीलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट २ ग्राम ९५ मिलिग्राम खैरो हिरोइन ब्राउनसुगर फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिशेष सुराकका आधारमा लागुऔषध ब्युरो काकँडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले भण्डारीलाई पक्राउ गरेको हो । उनलाइ इलाका प्रहरी कार्यालय दमकमा राखी कानुनी कारबाही अगाडी बढाईएको छ ।


Share your thoughts!