अवैध १८ लाख रुपैयाँसहित महोत्तरीबाट तीन पक्राउ

Posted on: June 28, 2020 | views: 138 सुशासन संवाददाता

महोत्तरी, असार १४ । मनराशिष्वा नगरपालिका-२ भलुई चौक नजिकबाट श्रोत नखुलेको नेपाली रुपैयाँ १८ लाख सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा जलेश्वर नगरपालिका-२ बस्ने १९ वर्षीय रोहित कुमार साह, २२ वर्षीय संजयकुमार साह र २७ वर्षीय जय कुमार साह रहेका छन् ।

उक्त १८ लाख रुपैयाँमध्ये रोहितको साथबाट ९ लाख रुपैयाँ, संजयको साथबाट ३ लाख ५० हजार रुपैयाँ र जयकुमारको साथबाट ५ लाख ५० हजार रुपैयाँ प्रहरीले बरामद गरेको हो ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटिएको प्रहरीले जलेश्वरबाट सम्सीतर्फ जाँदै गरेको ज.११प ८१०८नम्बर र प्रदेश २-०३-००३ प ४०९७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।


Share your thoughts!