१३ जना जुवाडे पक्राउ

Posted on: June 28, 2020 | views: 140 सुशासन संवाददाता

कास्की, असार १४ । पोखरामहानगरपालिका-८ ईन्द्रपुरी टोलबस्ने सुरेश गिरीको घरमा जुवातास खेलिरहेको अवस्थामा स्याङजा फेदिखोला-३ बस्ने २९ वर्षीय सुसिल रेग्मी लगायत ७ जनालाई नगद १८हजार ६ सय २० रुपैयाँ र २ सय ८० पत्ती तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

गिरीको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद तथा तास सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी पोखरामहानगरपालिका-८ रत्नचोक सुगम मार्ग बस्ने३९ वर्षीय अमित भण्डारीको गिरी वर्कशपमाजुवातास खेलिरहेको अवस्थामा भण्डारी लगायत ६जनालाई नगद ३० हजार ७ सय ७५ रुपैयाँ र ४ बुक तास सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त वर्कशपमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद तथा तास सहित फेला पारी पक्राउ गरेको हो ।


Share your thoughts!