डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गर्ने ६ जना पक्राउ

Posted on: June 28, 2020 | views: 242 सुशासन संवाददाता

काठमाडौं, असार १४ । काठमाडौं महानगरपलिका-१४ बाफल स्युचाटार पुलस्थित डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा काठमाडौं बालाजु बस्ने नुवाकोट विदुर नगरपालिका-१३ घर भएका ३४ वर्षीय बिकास बाँनिया लगायत ६ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानामा महानगरीय प्रहरी वृत्त कालिमाटी र महानगरीय अपराध महाशाखा कालिमाटीबाट खटिएको संयुक्त प्रहरीले प्रदेश ३-०२-००५ प ३६०६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा बाँनिया सहित ६ जनाले एक्कासी प्रहरी टोलीमाथि मदिराको बोतलले आक्रमण गर्न खोज्दै अभद्र व्यवहार गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट दुई थान मोटरसाइकल, २ थान स्कुटर र मदिराको बोतल ४ थान समेत प्रहरीले बरामद गरेको छ ।


Share your thoughts!