फरार प्रतिवादी पक्राउ

Posted on: April 24, 2020 | views: 154 सुशासन संवाददाता

सल्यान, वैशाख १२ । हात हतियार खरखजना मुद्दाका फरार प्रतिवादी कुमाख गाउँपालिका-२ बस्ने ३८ वर्षीय भिमे रावतलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय राँगेचौरबाट खटिएको प्रहरीले उनलाई कुमाख गाउँपालिका-४ भेरी नदीको किनारामा फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 


Share your thoughts!