नेपाल प्रहरीका २४ जना डीएसपी एसपीमा बढुवा सिफारिस

Posted on: April 23, 2020 | views: 1668 सुशासन संवाददाता

काठमाडौं, वैशाख ११ । प्रहरी प्रधान कार्यालयले २४ जना प्रहरी नायब उपरीक्षक(डीएसपी)लाई प्रहरी उपरीक्षक(एसपी)मा बढुवा सिफारिस गरेको छ ।

बुधबार बसेको बढुवा समितको बैठकले २४ जना डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

बढुवा सिफारिसमा पर्नेहरुमा तुलबहादुर कार्की, होबिन्द्र बोगटी, बेद विष्ट, राकेश सिँह, राजिब बहादुर बस्नेत, प्रविणलाल श्रेष्ठ, सन्तोष सिँह राठौर, शिवकुमार श्रेष्ठ, शान्तिराज कोइराला, संजय सिंह थापा, महेन्द्र खड्का, दीपक पोखरेल, प्रभुप्रसाद ढकाल, सन्तोष कुमार भट्टराई, प्रकाश मल्ल, बामदेव गौतम, केदार खनाल, ज्ञानेन्द्र प्रसाद फुँयाल, दीपेन्द्र शाही, राम प्रकाश शाह, प्रेम बहादुर बस्नेत, प्रबिण धिताल, दयानिधि ज्ञवाली र राजेन्द्र प्रसाद धमला रहेका छन् ।

हेर्नुहोस् सूची :


Share your thoughts!