जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Posted on: March 20, 2020 | views: 56 सुशासन संवाददाता

ललितपुर, चैत ७ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ललितपुर बालकुमारी बस्ने सिन्धुली घर भएका २६ वर्षीय दिपक सार्कीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बालकुमारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


Share your thoughts!