लागूऔषधसहित पक्राउ

Posted on: February 13, 2020 | views: 44 सुशासन संवाददाता

तनहुँ, फाल्गुन १ । आँबुखैरेनी गाउँपालिका-१ सत्रसयबाट डाइजेपाम ५२ एम्पुल, नुर्फिन ५१ एम्पुल र फेनरागन ५३ एम्पुल सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा लमजुङ सुन्दरबजार नगरपालिका-६ बस्ने २४ वर्षीय सुजन तामाङ र २० वर्षीय आईते तामाङ रहेका छन् । विशेष सूचनाको आधारमा खटिएको प्रहरीले ना.१७ प ३३७२ नम्बरको स्कुटर जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Share your thoughts!