लागूऔषध गाँजा बरामद

Posted on: February 11, 2020 | views: 80 सुशासन संवाददाता

मकवानपुर, माघ २८ । राक्सिराङ गाउँपालिका-४ परेवाभिरबाट करिब ३ किलो लागूऔषध गाँजा सोमबार साँझ प्रहरीले बरामद गरेको छ ।

उक्त भिरबाट मनहरीतर्फ आइरहेका २ जनाले प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ झोला फाली भागेकाले झोलामा राखेको उक्त गाँजा प्रहरीले फेला पारी बरामद गरेको हो ।

उनीहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Share your thoughts!