सार्वजनिक बसभित्र अश्लील हर्कत गर्ने युवक पक्राउ

Posted on: January 14, 2020 | views: 235 सुशासन संवाददाता

काठमाडौँ, पुस २९ । महानगरीय अपराध महाशाखाले सार्वजनिक सवारी साधानभित्र अश्लील गतिविधि गर्ने युवकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ  ।  

अभियुक्त तनहुँको तत्कालीन अरुणोदय गाविस घर भई हाल चितवनको भरतपुरस्थित विकासचोक बस्ने २१ वर्षीय रवीन सार्की भनिने रवीन रुचाल छन् । 

रबिनले २०७५ माघ ११ गते सार्वजनिक बसमा हस्तमैथुन गरेको भिडियो सामाजिक संजालमा र प्रोनसाइडमा अपलोड गरेको भन्ने सूचना प्राप्त भएपछि महानगरीय अपराध महाशाखाबाट अनुसन्धान गरी जिल्ला प्रहरी कार्यालय चितवनसँग समन्वय गरी पक्राउ गरिएको हो ।

रबिनले १ वर्ष अगाडि सार्वजनिक बसमा अश्लिल भिडियो बनाई सामाजिक संजालमा पोष्ट गरेर भाइरल भएपछि सामाजिक संजाल प्रयोगकर्ताले संजाल मार्फत नै गालीगलौज गरेका थिए ।

त्यसपछि सन् २०१९ को फेब्रुअरीमा भागेर भारतको दिल्लीमा गई बसेको र करिब ३ महिना अगाडि चितवनस्थित आफ्नै घरमा आई बसेको अनुसन्धानबाट खुल्न आएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ ।

Share your thoughts!