बसमा सवार महिलालाई दुर्व्यवहार गर्ने चालक पक्राउ

Posted on: January 14, 2020 | views: 297 सुशासन संवाददाता

ललितपुर, पुस २९ । सार्वजनिक बसमा सवार महिला यात्रुलाई दुर्व्यवहार गरेको अभियोगमा बा.२ ख ९३२४ नम्बरको बस चालक उदयपुर कटारी घर भएका भक्तपुर सानोठिमी बस्ने २५ वर्षीय मिलन दाहाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

सो बसमा लगनखेलबाट न्यूरोडतर्फ एक्लो यात्रु भई जाँदै गरेकी महिलालाई दाहालले बसभित्रै उनको मोबाइल समेत नियन्त्रणमा लिई अभद्र व्यवहार गरेको भन्ने सूचना प्राप्त हुनासाथ खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौं ढल्कुबाट दाहाललाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Share your thoughts!