प्रहरीका ७७ डिएसपीको सरुवा (सूची सहित)

Posted on: January 01, 2020 | views: 315 सुशासन संवाददाता

काठमाडौं, पुस १६ । प्रहरी प्रधान कार्यालयले ७७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजी) सर्वेन्द्र खनालको निर्णय अनुसार मंगलबार एकैपटक ७७ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) को सरूवा भएको हो ।

सरुवामा उपत्यकाका दुई बृत्त र केही जिल्ला र केही ईलाका प्रहरी कार्यालयको नेतृत्व परिवर्तन भएको छ। सरुवा सुची अनुसार महानगरीय प्रहरी बृत्त जनसेवामा सुनिलजंग शाहको सरुवा भएको छ भने दरबारमार्गमा रन्जन दाहाल गएका छन् । त्यस्तै म्याग्दीको प्रहरी प्रमुखमा किरणजङ्ग कुँवर, रसुवामा इन्द्रप्रसाद सुवेदी, जाजरकोटमा किशोर श्रेष्ठ, रामेछापमा बसन्त पाठक, मनाङमा मेखबहादुर कुँवर र पश्चिम रुकुममा ठगबहादुर केसीको सरुवा भएको छ ।

काज सरुवामा अटेर गरेर बसेका कोहलपुरका डीएसपी हेमबहादुर शाहीलाई इन्चार्जबाट इन्चार्ज दिइएको छ । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटका डीएसपी कवित कटवाललाई प्रहरी मुख्यालय तानेर उनको ठाउँमा शाहीलाई पठाइएको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरमा कुलदीप चन्द, अनारमनी झापामा मुकुन्द रिजाल, चितवन टाँडीमा रबिन कार्की र बर्दिबासमा राजन चापागाईंको सरुवा भएको छ ।

हेर्नुहोस् सूची:





Share your thoughts!