मोरङ मंसिर १५ । सुन्दरहरैचा नगरपालिका-१० खोर्सानेबाट नियन्त्रित लागूऔषध गाँजा ३ किलो ४ सय ग्राम सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बेलबारी नगरपालिका-१ बस्ने १९ वर्षीय रितिक बस्नेत, सोही ठाउँ बस्ने १९ वर्षीय बिकाश धिमाल र लक्ष्मी गुरुङ रहेका छन् । प्रहरी चौकी बिराटचोक मोरङबाट खटिएको प्रहरीले को.३८ प ९१० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।