एक किलो सुन सहित चिनियाँ नागरिक पक्राउ

Posted on: November 30, 2019 | views: 139 सुशासन संवाददाता

काठमाडौं, मंसिर १४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुन सहित चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा  २२ वर्षीय सा लुतुई रहेका छन्  ।

शुक्रबार राति तिब्बत एयरको उडानद्धारा चीनबाट काठमाडौं आएका उनलाई भन्सार कार्यालय र प्रहरीको संयुक्त टोलीले आगमन कक्षको भन्सार वाकथ्रु गेटमा जाँच गर्ने क्रममा शरीरमा शंकास्पद बस्तु रहेको मेटल डिडेक्टरले संकेत गरेपछि नियन्त्रणमा लिएर केएमसी सिनामंगल लगि एक्सरे गर्दा मलद्वारभित्र ४ वटा टुक्रामा लुकाइ ल्याएको उक्त परिमाणको सुन निकालिएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Share your thoughts!