प्रहरी इन्स्पेक्टर हुँ भन्दै पैसा असुल्ने पक्राउ

Posted on: November 28, 2019 | views: 181 सुशासन संवाददाता

पर्सा, मंसिर १२ । जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम ब्रान्चको प्रहरी निरीक्षक हुँ भनी पैसा असुली गर्न खोजेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका-५ बस्ने २७ वर्षीय दिव्‍यप्रकाश चतुर्वेदी छन् । उनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । चतुर्वेदीले मकवानपुर हेटौंडा उपमहानगरपालिका-९ बस्ने एक व्यक्तिलाई प्रहरी हुँ भन्दै हप्काई पैसा मागेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

साथै चतुर्वेदी हातहतियार खरखजना कसुरमा २०७५ चैत ३० गते जिल्ला अदालत पर्साको आदेशले १ लाख रुपैयाँ धरौटीमा छुटेको व्यक्ति भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Share your thoughts!