कटुवा पेस्तोलसहित युवक पक्राउ

Posted on: October 04, 2019 | views: 62 सुशासन संवाददाता

धनुषा, असोज १७ । जनकपुर उपमहानगरपालिका-१४ बाट महोत्तरी जलेश्वर नगरपालिका-९ बस्ने २१ वर्षीय आनन्द पाठकलाई कटुवा पेस्तोल १ थान सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र वडा प्रहरी कार्यालय मुजेलियाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले ज.११ प ४६५० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार पाठकले कम्मरमा लुकाई राखेको उक्त पेस्तोल फेला पारेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Share your thoughts!