माइक्रोबस तोडफोड गर्ने २ जना पक्राउ

Posted on: September 30, 2019 | views: 86 सुशासन संवाददाता

काठमाडौं, असोज १३ । काठमाडौं महानगरपालिका-३१ शंखमुलमा पार्किङ गरी राखेको बा.४ ख २०५६ नम्बरको हाईस माइक्रोबस तोडफोड गर्ने कार्यमा संलग्न २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं बालाजु बस्ने गोरखा मैलुङ गाउँपालिका-८ घर भएका २२ वर्षीय निशान जंग थापा र काठमाडौं शंखमुल बस्ने उदयपुर कटारी घर भएका २२ वर्षीय हिमाल खड्का रहेका छन् । मादक पदार्थ सेवन गरेका उनीहरुले उक्त माइक्रोबस तोडफोड गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । तोडफोडबा माईक्रो बसको अगाडी र दाहिने साईडको शिशा क्षति भएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Share your thoughts!