२४ वर्षदेखि फरार प्रतिवादी पक्राउ

Posted on: September 30, 2019 | views: 40 सुशासन संवाददाता

काठमाडौं, असोज १३ । जिल्ला प्रहरी कार्यालय पर्साले फरार प्रतिवादीलाई पक्राउ गरेको छ । ज्यान मार्ने मुद्दाका प्रतिवादी चिनवा भन्ने समिम अख्तर अन्सारीलाई शनिबार पक्राउ गरिएको पर्साका प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

सर्वोच्च अदालतको २०५२ जेठ २५ गतेको फैसलाले अन्सारीलाई ४ वर्ष ११ महिना १० दिन कैद सजाय तोकिएको थियो । अन्सारीलाई खोजतलास गर्दै जाने क्रममा प्रहरीको टोलीले उनलाई वीरगञ्ज–१२, स्थित आफ्नै गाउँघरमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारेको एसपी राठौरले जानकारी दिए । प्रतिवादी अन्सारीलाई अदालतमा बुझाउने प्रक्रिया भइरहेको पर्सा प्रहरीले बताएको छ ।


Share your thoughts!