काठमाडौंमा ठूलो मात्रामा लागूऔषधसहित ७ जना पक्राउ

Posted on: September 19, 2019 | views: 89 सुशासन संवाददाता

काठमाडौं, असोज २ । काठमाडौंका विभिन्न ठाउँबाट  ठूलो मात्रामा लागूऔषध (मनोद्विपक पदार्थ)सहित ७ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

शान्तिनगर र गोकर्णेश्वरबाट लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले ५ हजार ५२६ एम्पुल नियन्त्रित मनोद्विप पदार्थसहित उनीहरुलाई पक्राउ गरेको हो ।भारतको ग्रीन पेलेस डुमरवाना–२० बैरगनीयाका ३७ वर्षीय राजा कुणा, बेल बैरगनीया–२० का ३२ वर्षीय राजेशकुमार जयसवाल र अशोगी–४ पुरुषोत्तमपुरका–३७ वर्षीय अभिषेककुमार जयसवाल रहेका छन् ।


ब्यूरोको टोलीले उनीहरुलाई भारतीय नम्बर प्लेटको बीआर ३० ८६०७ नम्बरको स्कारपियो गाडीसहित पक्राउ गरेको हो । चामल र पिठोमा लुकाइ राखेको १०४७ एम्पुल डाइजेपाम, १०३७ एम्पुल नुफिर्न र १०४२ एम्पुल फेनार्गन गरी ३१२६ एम्पुल फेला परेको प्रहरीले जनाएको हो ।


गोकर्णेश्वरबाट सिराहाको गोलबजार नगरपालिका–४ का ४२ वर्षीय उतिम लाल साह, वडानम्बर ३ का २३ वर्षीय अशोक तामाङ, उदयपुर त्रियुगा नगरपालिका–१३ का ३४ वर्षीय सुजेन्द्र लोहनी र काभ्रेको रोशी गाउँपालिका–७ का २८ वर्षीय पेमा लामा लाई पनि प्रहरीले सार्वजनिक गरेको छ । ४१० डाइजेपाम, ३७५ फेनार्गन र ४१५ नुफिर्न गरी १२०० एम्पुल उनीहरूको साथमा फेला परेको थियो ।

Share your thoughts!