मकाउ पठाइदिन्छु भन्दै १९ लाख ठगी गर्ने केसी पक्राउ

Posted on: September 10, 2019 | views: 27 सुशासन संवाददाता

काठमाडौं, भदौ २४ । महानगरीय अपराध महाशाखाले वर्किङ भिसामा मकाउ पठाइदिन्छु भन्दै लाखौं ठगी गरी फरार भएका एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं हाँडीगाउँ बस्ने रौतहट चन्द्रपुर नगरपालिका-३ का बिनोद बस्नेत‍/बिनोद मणि बस्नेत भनिने ४२ वर्षीय राजु केसीलाई प्रहरीले पक्राउ गरेको हो । मकाउमा वर्किङ भिषामा आकर्षक तलव हुने भन्दै प्रलोभन देखाएर विभिन्न मितिमा पटकरपटक गरी १९ लाख १० हजार रुपैयाँ ठगी गरी फरार रहेका बस्नेतलाई महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट राजु केसीको नामको ०५-५७०५८९ र बिनोद मणि बस्नेतको नामको ०६-४८४७४५ नम्बरका छुट्टाछुट्टै नामबाट लिएको २ वटा सवारी चालक अनुमतिपत्र समेत प्रहरीले बरामद गरेको छ ।पक्राउ परेको बस्नेतलाई ठगी तथा लिखत सम्बन्धी कसुरमा आवश्‍यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठइएको उक्त महाशाखाले जनाएको छ ।

Share your thoughts!